images
images
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य १ हजार रुपैयाँ घट्दै तोलामा २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको हो ।

    यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार ६०० रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images