काठमाडौं– सोमवार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
महासंघकाअनुसार आइतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आइतवार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















