images
images
  • माधव-प्रचण्ड बीच भेट : माधबले भने-फैसला प्रभावित हुनेगरि कुनै सम्झौता हुदैन !

    काठमाडौं । नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग शनिबार कोटेश्वरमा भेटेका छन् ।बिहान साढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका हुन् ।

    एमाले कार्यदलले तयार पारेको मस्यौदा आज सार्वजनिक गरिने तय भएको छ । त्यसअघि अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ । तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ ।

    अध्यक्ष प्रचण्डले नेता नेपालसँग अ‍ोलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको स्रोतले जनाएको छ । विपक्षी गठबन्धनको पछिल्लो बैठक समेत माधव नेपाल सहभागी भएपछिमात्र बस्ने भनेर रोकिएको छ

    एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरूको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबीच भएको भेटवार्ता भएको हो ।

    बरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । त्यसमा भने कार्यदलले केही गर्न सकेको छैन ।

    स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images