काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंसिर १८ गते सुनको मूल्य ८ सय रुपैयाँले घटेर दुई लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदी पनि तोलाको ३० रुपैयाँले घटेर तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी तीन हजार ६ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















