images
images
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

    काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो ।

    यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images