सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि पगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिकास्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घर परिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।
‘तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं’, ओलीले भने ।
असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा उनी अहिले बाढीग्रस्त क्षेत्रमा छन् । उनले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने बताए । घाइतेको उपचार सरकारले गर्ने उनले बताए । पुनः निर्माणको काममा सरकारको ध्यान गएको उनको भनाइ छ । बाढी आएको २६ दिनपछि उनी प्रभावित क्षेत्र मेलम्ची पुगेका हुन् । ओलीले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिरोबाट जनधनको क्षति भएको थियो ।
यस्तै प्रधानमन्त्री ओलीले बाढी–पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको हवाइ निरीक्षण गर्ने भएका छन् ।


विश्व खबर 


















