images
images
  • बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो ।

    आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण गरिएको छ । शुक्रबार एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images