काठमाडौँ – सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ बायाँका संरचना हटाउने भएको छ।
शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडकको दायाँबायाँ ७५ फिटभित्र बनेका संरचना हटाउने भनेको हो।
त्यहाँ रहेका स्थायी र अस्थायी घरटहरा हटाउन कार्यालयले १५ दिनको समय सिमा दिएको छ। १५ दिनभित्र नहटाए कार्यालय आफैले हटाउने र सोबापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने सूचनामा उल्लेख छ।
सर्वोच्च अदालतले ०७८ पुस १९ गतेको आदेश र संरचना हटाउन सडक डिभिजनले यसअघि जारी गरेको सूचनाविरूद्ध परेका रिट पनि अदालतबाट खारेज भइसकेको कार्यालयले जनाएको छ।
हेर्नुहोस् सुचना

प्रतिक्रिया दिनुहोस्























