images
images
  • यस्तो छ अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध

    काठमाडौं – पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको छ । यसबाट जोगिन नेपाल प्रहरीले सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।

    परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा परेको घटना दैनिक दर्ता हुन थालेपछि सचेतनाका लागि सूचना जारी गरिएको बताएका छन् । प्रवक्ताका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम ९राजस्व० तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।

    सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकीन गरी मात्र तिर्न र नगद दिँदा पनि सुरक्षित हुन अनुरोध गरिएको छ ।

    यस्तो छ प्रहरीको सात बुँदे अनुरोध

     

    584802261 1147093864274278 4275756711175338095 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images