images
images
  • कैलाली अदालत आगजनी र तोडफोडको आरोपमा तीन युवा पक्राउ

    काठमाडौँ- कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोप हरीले तीन जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको आरोपमा उनीहरुलाई धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी–३ बस्दै आएका २४ वर्षीय भरत बम रहेका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार भदौ २४ गतेको आन्दोलनमा अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, मुद्दाका सक्कल मिसिल, कम्प्युटर लगायतका सूचना प्रविधि उपकरणमा आगजनी र तोडफोड भएको थियो। सोही घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।

    अदालतका अनुसार भदौ २४ गतेको भएको आगजनीबाट २००७ सालदेखिका ३० हजारभन्दा बढी मुद्दाका मिसिल जलेर नष्ट भएका छन्। अदालतमा भएको आगजनी र तोडफोडबाट करिब ११ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images