काठमाडौं– असोज महिनामा मुलुकमा रेमिट्यान्स भित्रिने रकमले नयाँ कीर्तिमान बनाएको छ ।
पहिलोपटक एकै महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो भदौको तुलनामा ७९ प्रतिशतले बढी हो।
ठूला चाडबाड पर्नु र विदेशमा रहेका नेपालीले परिवारलाई बढी रकम पठाउनु मुख्य कारण बनेको छ ।
गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड मात्रै भित्रिएको थियो ।
चालु आर्थिक वर्षका पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स आएको छ, जुन गत वर्षको समान अवधिभन्दा ३५.४ प्रतिशत बढी हो ।
डलरमा यो वृद्धि २९.२ प्रतिशत रहेको छ ।
असोजसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिने ७७ हजार २५७ पुगेका छन्, दुवै विगत वर्षको तुलनामा उल्लेख्य वृद्धि हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















