images
images
  • सुनको मूल्य घढ्यो, आज प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार जम्मा ५ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो ।

    यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ ।

    महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो ।

    यसअघि चाँदी असोज ३१ गते ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images