images
images
  • सुनको मूल्य अचाक्ली महंगियो, तोलमै बढ्यो ५ हजार ९००

    काठमाडौं– सुनको भाउ फेरि साढे २ लाख नाघेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ ।

    यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ ।

    त्यस्तै नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदीको मूल्य पनि बढेको छ ।

    अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेको हो ।

    आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ ।

    यसअघि असोज ३१ गते चाँदीको भाउमा ३३५० रुपैयाँको रेकर्ड बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images