images
images
  • सेयर बजार घट्यो

    काठमाडौं– बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ ।

    सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।

    कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो ।

    बजार घट्दा कारोबार रकम सामान्य बढेको छ ।

    अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भयो ।

    ४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ७ को स्थिर रह्यो ।

    उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् ।

    उत्पादन समूह ०.२३ प्रतिशत बढ्यो ।

    त्यस्तै व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घट्यो ।

    बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशत घटे ।

    चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

    भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढ्यो ।

    १० प्रतिशत मूल्य बढेका भूगोल इनर्जीबाहेक अरु तीन कम्पनी हालै सूचीकृत भएका नयाँ हुन् ।

    अपर सोलु हाइड्रो इलेक्ट्रिकको ५.३१, नेपाल माइक्रोइन्स्योरेन्सको ३.७५ प्रतिशत मूल्य बढ्यो ।

    दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशत घट्यो ।

    माबिलुङ इनर्जीको ८.२१, मेरो माइक्रोफाइनान्सको ४.५७ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images