images
images
  • सुनको मूल्य घट्यो (मूल्यसहित)

    काठमाडौं । बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो ।

    यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    सुनको भाउ घटे पनि चाँदी बढेको छ ।

    चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

    अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ ।

    यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images