images
images
  • सानिमा बैंकको सीईओमा आचार्य नियुक्त

    काठमाडौं– सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् ।

    सोमबार (कात्तिक २४) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

    उनको सीईओको कार्यकाल आउँदो माघ १२ गतेदेखि सुरु हुने बैंकले जनाएको छ ।

    हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिँदै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images