काठमाडौं– ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका २८ कारागारबाट भागेका १४ हजार ५५४ कैदीमध्ये पाँच हजार ४१ जना अझै नफर्केका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म नौ हजार ५१३ जना मात्र पुनः पक्राउ वा स्वेच्छाले फर्किएका छन् ।
आन्दोलनको समयमा ३० हजार ६४१ कैदीमध्ये झन्डै आधा भागेका थिए, जस क्रममा १५ जनाको मृत्यु भएको थियो ।
विभागले कैदीहरूलाई स्वेच्छाले फर्किन पुनः आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























