images
images
  • दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ स्थगित

    काठमाडौं– तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

    मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले सोमबार रिटमाथिको सुनुवाइ स्थगित भएको हो ।

    यसअघि सर्वोच्च अदालत प्रहरी महानिरीक्षक केसीलाई म्याद बुझाउन गएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो । त्यसपछि कार्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए ।

    जुन निवेदनको आधारमा केसी प्रहरी महानिरीक्षक रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो । अझै म्याद बुझाउने कार्य रहेकाले सुनुवाइ स्थगित भएको हो । सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images