काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनका नेता सुदन गुरुङबीच फेरि भेटवार्ता भइरहेको छ ।
आइतबारदेखि निरन्तर छलफलमा रहेका उनीहरूले एउटै पार्टी बनाउने विषयमा सम्वाद अघि बढाएका हुन् ।
सोमबार र मंगलबार बिहान दुईपटक भेटघाट भएकोमा मंगलबारको छलफलमा पनि सहमति जुटेन ।
कुलमानले पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने र नेतृत्वमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अघि सार्ने अडान दोहोर्याए ।
तर, सुदनले जेन-जी आन्दोलन र सहिद परिवारको प्रतिनिधित्व हुने नेतृत्व चाहिने भन्दै फरक मत राखे ।
बिहानको असहमतिको पछि पनि कुलमानले फेरि अन्तिम छलफलका लागि सुदनलाई बोलाएका छन् ।
दुवैबीचको यो भेटपछि अलग–अलग दल दर्ता हुने सम्भावना उच्च छ ।
कुलमान ‘उज्यालो नेपाल’ नाममा र सुदनले सहिद परिवारको प्रतिनिधित्व गर्ने दल दर्ता गर्ने तयारीमा छन् ।
स्रोतका अनुसार सुदनको नयाँ पार्टीमा काठमाडौंका मेयर बालेन्द्र साह र पूर्वसांसद सुमना श्रेष्ठ पनि सहभागी हुनेछन् ।
बालेन्द्र सार्वजनिक रूपमा सक्रिय नभए पनि आन्तरिक तयारीमा रहेका बताइएको छ ।























