images
images
  • सुनको मूल्यग्राफ आकाशियो, कतिमा हुँदैछ कारोबार (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

    मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको हो ।

    यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ ।

    यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

    सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images