images
images
  • भीम रावलले बुधबार नेकपा प्रवेश गर्ने

    काठमाडौं– मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् ।

    आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

    एमालेबाट निष्कासनमा परेका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए ।

    एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो ।

    तर, रावल एमालेमा फर्किएनन् ।

    हिजो (आइतबार) नेकपाका नेताहरूसँग रावलले वार्ता गरेका थिए ।

    उक्त छलफल सकारात्मक भएको छलफलमा सहभागी नेताहरूले बताएका थिए ।

    सोही अनुसार, आगामी बुधबार (कात्तिक २६) उनी ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत नेकपामा समाहित हुन लागेका हुन् ।

    उक्त कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images