images
images
  • प्रधानमन्त्री कार्कीसहित ५ मन्त्रीले बुझाए सम्पत्ति विवरण, ४ जनाले अझैँ गरेनन् सार्वजनिक

    काठमाडौं– ‘जेन्जी’ समर्थित सरकारका प्रधानमन्त्री र चार मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेका छन्, तर, ती विवरण अहिलेसम्म सर्वसाधारणका लागि सार्वजनिक गरिएको छैन ।

    कार्यालयको वेबसाइटअनुसार प्रधानमन्त्री सुशीला कार्की, मन्त्री रामेश्वरप्रसाद खनाल, ओमप्रकाश अर्याल, अनिलकुमार सिन्हा र महावीर पुनको विवरण प्राप्त भएको छ ।

    कानुनले अनिवार्य नगरे पनि परम्परागत रूपमा ०४८ सालदेखि सम्पत्ति विवरण सार्वजनिक हुँदै आएको छ ।

    प्रधानमन्त्री कार्कीले ०८२ भदौ २७ गते पद ग्रहण गरेकी थिइन् ।

    त्यसपछि खनाल अर्थमन्त्री, ओमप्रकाश गृहमन्त्री, अनिलकुमार सिन्हा कानुनमन्त्री, महावीर पुन शिक्षा मन्त्री नियुक्त भए र उनीहरूले विवरण बुझाए ।

    तर, कुलमान घिसिङ, मदनप्रसाद परियार र जगदीश खरेलले अझै बुझाएका छैनन् ।

    भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार सार्वजनिक पदमा आउनेले ६० दिनभित्र आफ्नो तथा परिवारको सम्पत्ति विवरण बुझाउनु पर्छ ।

    परम्पराअनुसार, ०४८ सालदेखि प्रधानमन्त्री र मन्त्रीहरूले मात्र होइन, सर्वसाधारणले पनि ती विवरण हेर्न पाउने व्यवस्था छ ।

    Property 1762763515

    प्रतिक्रिया दिनुहोस्
    images
    images