images
images
  • बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

    काठमाडौं– बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भनिने पेम्बा लामा छन् ।

    उनले आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको प्रहरीले बताएको छ ।

    आइतबार राति पेम्बालाई प्रहरी स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

    पेम्बाले बाबुलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।

    उपचारका लागि आइतबार राति नै मनमोहन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images