images
images
  • एमालेले बोलायो विघटित प्रतिनिधिसभाका सांसदहरूको भेला

    काठमाडौं– नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला मंसिर २ गते दिउँसो १ बजेका लागि बोलाएको छ ।

    तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

    उनका अनुसार हालको असामान्य राजनीतिक परिस्थितिको लोकतान्त्रिक र संवैधानिक निकासबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।

    प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै एमाले आन्दोलनमा उत्रिएको छ ।

    यसअन्तर्गत पार्टीले कात्तिक २२ गते वडा कार्यालय, २५ गते गाउँपालिका, र २९ गते जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ भने मंसिर ६ गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन गर्ने तयारीमा छ ।

    प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमाले र कांग्रेस दुवैले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।

    जेनजी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ २७ गते संसद् विघटन गरी फागुन २१ गते निर्वाचनको मिति तोकेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images