images
images
  • सुनको भाउ बढ्यो (मूल्यसहित)

    काठमाडौं– सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ ।

    यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    पछिल्ला ५ दिनदेखि सुनको भाउ उकालो लागेको छ ।

    कात्तिक १९ गते सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ थियो ।

    त्यसयता मूल्य ४ हजार ३ सय बढिसकेको छ ।

    असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।

    सोमबार चाँदीको भाउ पनि तोलामा रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ ।

    यसअघि असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images