images
images
  • कांग्रेसले चुनावमा भाग लिने

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् । कांग्रेसले भाग लिने मात्र नभई निर्वाचन सफल बनाउने उनले उल्लेख गरेका छन् ।

    “नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौँ,” उनले सोमबार (कात्तिक २४) बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

    उक्त निर्वाचनबाटै नयाँ संसद् आउने उनले बताएका छन् । “संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,” उनले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images