images
images
  • कुलमानको पार्टी नेजपा गठनको तयारी अन्तिम

    काठमाडौं– अन्तरिम सरकारका ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको नेतृत्वमा नेपाल जनसेवा पार्टी गठनको तयारी अन्तिम चरणमा पुगेको छ।

    पहिले उज्यालो नेपाल पार्टी नाममा छलफल भए पनि सुमना श्रेष्ठलगायत नेताहरूले त्यो नाम व्यक्तिनिष्ठ देखिने भन्दै नयाँ नाम सुझाएका थिए ।

    त्यसपछि नेपाल जनसेवा पार्टी नाममा सहमति बनाइएको हो ।

    घिसिङ निकट स्रोतका अनुसार आज र भोलिसम्म छलफल गरी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी भइरहेको छ ।

    हाल घिसिङ मन्त्री भएकाले नेतृत्व औपचारिक रूपमा घोषणा गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय भएको छैन ।

    स्रोतका अनुसार सुरुमा पदाधिकारी बिना, केन्द्रीय सदस्यहरू मात्र राखी दल दर्ता गरिनेछ ।

    अन्य पार्टीबाट आएका नेताहरूलाई तत्काल पद नदिने प्रस्ताव समेत छ ।

    पार्टीलाई काठमाडौं महानगरका मेयर बालेन शाहको पनि समर्थन रहने बताइएको छ, तर उनी प्रत्यक्ष रूपमा संलग्न हुने वा नहुनेबारे स्पष्टता छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images