काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ ।
आइतबार नेप्से परिसूचक ३०.०२ अङ्क घटेर २५६६.०९ विन्दुमा झरेको छ ।
त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.९० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अङ्कले घटेको छ ।
आइतबार कारोबारमा आएका ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
गत आइतबार ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
नेप्से परिसूचकका १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
जसमध्ये वित्त उपसमूहको परिसूचक २.९१ प्रतिशत घटेको छ ।
तर यता बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आइतबार नेप्से परिसूचक घटे पनि ती कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
जसमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
तर यता उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर कम्पनीको २७ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ ।


विश्व खबर 




















