काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद विघटन असंवैधानिक भएको भन्दै हस्ताक्षर अभियान चलाएका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद विघटन असंवैधानिक तथा अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो ।
कांग्रेस नेता श्याम घिमिरेका अनुसार, पार्टीले अझै संसद पुनर्स्थापना वा निर्वाचनतर्फको निर्णय गरेको छैन, तर असंवैधानिक कदमविरुद्ध न्यायिक लडाइँमा जाने पहलका लागि हस्ताक्षर अभियान सुरु गरिएको हो ।
गत भदौ २३–२४ को जेन–जी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् ।
सो सिफारिसअनुसार आगामी २१ फागुनमा नयाँ चुनाव गर्ने गरी संसद विघटन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























