images
images
  • शिक्षक दलीय गतिविधिमा आवद्ध भए बर्खास्त गर्ने मन्त्री पुनको चेतावनी

    काठमाडौं– शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरणविपरीत राजनीतिक गतिविधिमा संलग्न भए कानुनी कारबाहीसहित पदबाट बर्खास्त हुन सक्ने चेतावनी दिएका छन् ।

    आइतबारको सूचनामा उनले भनेका छन् कि कुनै पनि पेसागत ऐनले सेवामा रहेका कर्मचारीलाई पेसागत हकहित बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुन अनुमति दिंदैन ।

    मन्त्री पुनले दलका भ्रातृ वा शुभेच्छुक संगठनका रूपमा बनेका शिक्षक र कर्मचारी संघ-संगठनलाई मान्यता नदिने निर्णय भएको पनि जानकारी गराए ।

    साथै, शिक्षक महासंघ लगायतका संघ-संगठनलाई गैर-राजनीतिक, स्वतन्त्र र व्यवसायिक स्वरूपमा पुनर्गठन गर्न कानुनी व्यवस्था गर्ने योजना रहेको उनले उल्लेख गरेका छन् ।

    mahabir pun

    प्रतिक्रिया दिनुहोस्
    images
    images