images
images
  • जिली ईएक्स–फाइभको विश्वव्यापी बिक्री, २ लाख १० हजार नाघ्यो

    काठमाडौं– जिली अटो ग्रुपले विद्युतीय एसयूभी जिली ईएक्स–फाइभको दुई लाख १० हजार युनिट बिक्री गरेको छ । यो उपलब्धिले जिली ईएक्स–फाइभलाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारी एक रहेको जनाएको छ ।

    उत्पादक देश चीनमा जिली ईएक्स–फाइभले आमउपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै एक लाख युनिटभन्दा बढी बिक्री–वितरण गर्न सफल भएको थियो । थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्युजिल्यान्ड, केही युरोपेली देश र ल्याटिन अमेरिकी क्षेत्र गरी हाल यो मोडल २६ मुलुकमा उपलब्ध  छ ।

    जिली अटोले सन् २०२५ को पहिलो ६ महिनामै विश्वभरि १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हासिल गरेको छ । यो उपलब्धिसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजारबाट बढाएर ३० लाख युनिट पुर्‍याएको घोषणा गरेको छ ।

    आगामी वर्षहरूमा जिली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङजस्ता प्रमुख बजारमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ ।

    नेपालमा हालै बिक्री–वितरण सुरु गरिएको यही मोडेल जिली ईएक्स–फाइभले पनि नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images