images
images
  • प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

    काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ ।

    बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा भव्यताका साथ कार्यक्रम सु–सम्पन्न गरेको हो ।

    कार्यक्रम कार्तिक २२ गते शनिबार काठमाडौंमा सञ्चालन भएको हो ।

    कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले प्रोभियन्स क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई बधाई दिँदै यो एउटा सफलता सिढि मात्र हो भने अझ ठूला सफलताहरु अगाडि रहेकाले सो एचिभ गर्न सम्मानीतहरुलाई हौसला र मार्गनिर्देशन प्रदान गरे ।

    कार्यक्रममा फलदायी बनाउन योगेन्द्र प्रसाद खतिवडाले र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदान समेत गरिएको थियो ।

    कार्यक्रम हर्षउल्लासका साथ सु–सम्पन्न भएको थियो ।

    Prabhu Mahalaxmi Life Insurance 2 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images