images
images
  • सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो ।

    यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

    चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा झरेको छ ।

    यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

    पछिल्लो साता सुनचाँदीको मूल्यमा ठुलो हलचल देखिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images