images
images
  • लक्ष्मी सनराइज बैंकको सञ्चालन मुनाफा घट्यो, इम्पेयरमेन्ट चार्ज बढ्यो

    काठमाडौं– लक्ष्मी सनराइज बैंकको नाफामा व्यापक गिरावट आएको छ ।

    बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफामा ३८.०४ प्रतिशतले गिरावट आएको हो ।

    गत वर्ष पहिलो त्रैमासिकमा कुल ५३ करोड ६३ लाखबराबरको नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा जम्मा ३३ करोड २३ लाख मात्रै नाफा कमाउन पुगेको हो ।

    पहिलो त्रैमासिकमा बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा घटेको छ भने इम्पेयरमेन्ट चार्ज पनि बढ्दा त्यसको असर खुद नाफामा देखिन पुगेको हो ।

    चालू आवमा खुद ब्याज आम्दानी १.५९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी २६.५९ प्रतिशत बढेको छ ।

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.८० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.११ प्रतिशत घटेको छ ।

    यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images