काठमाडौं– अमेरिकाले आणविक हतियार परीक्षण पुनः सुरु गरेपछि रूसले पनि सोही कदम चाल्ने चेतावनी दिएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनका उच्च अधिकारीहरूलाई आणविक परीक्षणको तयारी गर्न निर्देशन दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार परीक्षण पुनः सुरु गर्न आदेश दिएपछि मस्कोले यसलाई प्रतिवादस्वरूप कदम चालेको बताइएको छ ।
क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार पुटिनले चेतावनी दिएका छन् ।
‘अमेरिका वा आणविक परीक्षण प्रतिबन्ध सन्धिमा हस्ताक्षर गरेका कुनै देशले परीक्षण गरे, रूस पनि पारस्परिक उपायहरू अपनाउनेछ ।’
सन् १९९१ मा सोभियत संघ पतनपछि रूसले आणविक परीक्षण गरेको छैन ।
तर, हाल युक्रेन युद्ध, अमेरिकी प्रतिबन्ध र विफल कूटनीतिक प्रयासले दुई देशबीचको तनाव तीव्र बन्दै गएको छ ।
अक्टोबरमा पुटिनसँगको शिखर सम्मेलन रद्द गरेपछि ट्रम्पले दुई रूसी तेल कम्पनीमाथि प्रतिबन्ध लगाएका थिए ।
त्यसपछि उनले रक्षा विभागलाई तात्कालिक रूपमा आणविक हतियार परीक्षण पुनः सुरु गर्न निर्देशन दिएका थिए ।


विश्व खबर 



















