काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीको विजयपछिको भाषणलाई ‘अत्यधिक रिसले भरिएको’ बताएका छन् ।
फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनको भाषण निकै आक्रामक थियो, विशेषगरी मेरो विरोधमा, उनी सुरुदेखि नै गलत दिशातर्फ गइरहेका छन् । वासिङ्टनप्रति सम्मान नराख्ने हो भने उनी सफल हुन सक्दैनन् ।’
ट्रम्पले थपे, ‘उनीहरूले मप्रति राम्रो व्यवहार गर्नुपर्छ, किनभने धेरै कुराको अनुमोदन म गर्छु । उनी गलत सुरुवाततर्फ उन्मुख छन् ।’
चुनाव जितेपछि ममदानीले ट्रम्पलाई लक्षित गर्दै भनेका थिए, ‘जसले उनलाई सफल बनायो, उनीहरूले नै हराउन पनि सक्छन् ।’
उनले तानाशाहीहरूलाई कमजोर पार्न उनीहरूको शक्तिको स्रोत प्रयोग गर्नुपर्ने बताएका थिए ।
ट्रम्पले यसअघि नै चेतावनी दिएका थिए कि यदि ममदानी मेयर बने भने न्युयोर्कलाई फन्ड उपलब्ध गराइने छैन ।


विश्व खबर 



















