images
images
  • बालेनविरुद्ध उजुरी दिन एमाले युवा संघको टोली साइबरब्यूरो जाँदै

    काठमाडौं– नेकपा (एमाले) निकट युवा संघको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरो जाने भएको छ ।

    सामाजिक सञ्जालमार्फत अशोभनीय गालीगलौज गरेको आरोपमा उजुरी दर्ता गर्न लागेको संघका अध्यक्ष क्षितिज थेबेले बताए ।

    उनका अनुसार टोली आज दिउँसो २ बजे साइबर ब्युरो पुग्नेछ ।

    यसअघि अनेरास्ववियुले पनि जेनजी आन्दोलनमा बालेनको संलग्नता रहेको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images