काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध असन्तुष्टि बढ्दै गएको छ ।
‘जेन्जी आन्दोलन’का युवा सुदन गुरुङले गृहमन्त्री सामाजिक सञ्जालमार्फत अर्यालविरुद्ध असन्तुष्टि जनाएका हुन् ।
उनको सञ्जालमार्फत कार्यशैलीप्रति तीव्र आपत्ति जनाएका छन् ।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हत्यारालाई कारबाही गर, भ्रष्टाचारिलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही गर’ भन्ने सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो ।’
युवाहरूले गृहमन्त्रीलाई तत्काल जनताको भरोसा पूरा गर्न र भ्रष्टाचार तथा अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न चेतावनी दिएका छन् ।
‘दुई महिना हुन लागिसक्यो, न त कुनै भ्रष्टाचारमा कारबाही भयो, न त हत्यामा संलग्न कोही पक्राउ, उनले लेखेका छन् ।
यसका साथै गुरुङले काम गर्न नसके पद छोड्ने वाचा गरेको स्मरण गराउँदै अब त्यो समय आएको बताएका छन् ।
‘दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ,’ सञ्जालमा गुरुङले चेतावनी दिएका छन् ।
युवाहरूले ८४ को चुनाव ८२ मा सार्ने उद्देश्यका लागि आन्दोलन नभएको स्पष्ट गर्दै भनेका छन्, ‘यदि जनताका र जेन्जीका माग सम्बोधन भएनन् भने यसपालिको चुनाव हुन दिइने छैन ।’























