काठमाडौं– काठमाडौं महानगरपालिकाले करार सेवाका लागि ४४ जना कर्मचारी माग गरेको छ ।
प्रशासन विभागले जारी गरेको सूचनाअनुसार स्थानीय सेवा ऐन, २०७९ र कार्यविधि, २०७९ बमोजिम २३ जना नगर प्रहरी जवान (अग्नी नियन्त्रक), १९ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस्























