images
images
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

    काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (कात्तिक २०) पनि बस्दै छ ।

    लामो समयदेखि जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, अझै तीन दिनजति बैठक बस्नेछ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्नेछ ।

    बैठकमा राष्ट्रिय निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुनर्स्थापनालगायत समसामयिक, राजनीतिक विचार नेताहरूले राखिरहेका छन् । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images