images
images
  • रवि र छविको मुद्दामा सुनुवाइका लागि तोकियो पेशी

    काठमाडौं– सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइ हुने भएको छ ।

    न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा दुवैको मुद्दा हेर्न पेशी तोकिएको हो ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीले गत साउन २६ गते जमानत अस्वीकार गरेको थियो ।

    उक्त आदेशविरुद्ध उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

    सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ ।

    लामिछाने र जोशी दुवै जनाले आफ्नो भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरेका थिए ।

    तर, उनीहरूको भागमा कति बिगो पर्छ भन्ने यकिन नहुँदा अदालतले दुवैलाई रिहा गर्न अस्वीकार गरेको हो ।

    हाल लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images