images
images
  • प्रचण्ड–माधव नेतृत्वको नेकपाले दियो दल दर्ताको निवेदन

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

    विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

    साविकका नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन् ।

    नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए ।

    आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images