काठमाडौं– विभिन्न १० कम्युनिस्ट घटकहरू एकताबद्ध भई ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभामा पार्टीको घोषणा गर्दै नेता देव गुरुङले २३ बुँदे घोषणापत्र सार्वजनिक गरे ।
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी सहितका घटकहरूको एकताबाट बनेको यस पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाललाई प्रस्ताव गरिएको छ। नेता महेन्द्रराय यादवले गरेको उक्त प्रस्ताव सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्























