काठमाडौं– बुधबार घोषणा हुँदै गरेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच बुधबार बिहान भएको छलफलमा खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको हो ।
यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो, जसप्रति खनाल असन्तुष्ट थिए ।
अन्ततः उनी भृकुटीमण्डपमा भएको घोषणा सभामा सहभागी भएका छन् ।
पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, खनाल तेस्रो, बामदेव चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहनेछन् ।
खनालले हिजो मात्रै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।
सुरुमा पार्टी पुनर्गठनमा जाने संकेत दिएका थिए ।
तर, अन्तिममा प्रचण्ड–माधव समूहतिरै सहमत भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्























