काठमाडौं– माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपासहित ८ दलले बुधबार एकता घोषणा गर्दैछन् ।
काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रबाट ८ दलले एकता घोषणा गर्न लागेका हुन् ।
आज दिउँसो १ बजे एकता घोषणा हुनेछ ।
उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ८ राजनीतिक दलले आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
उनीहरूले चुनाव चिन्ह पाँच कुने तारा तोकेका छन् ।
एकीकृत पार्टीको नाम भने निर्णय भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्























