काठमाडौं– नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावललाई समेत एकता प्रक्रियामा समेट्ने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार प्रज्ञाभवन कमलादीमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा उनले बुधबार हुने एकतालाई ऐतिहासिक बताउँदै विगतमा टुटेका कडीहरू फेरि जोडिने बताएका छन् ।
‘माओवादीको यो अन्तिम बैठक हो, भोलि ऐतिहासिक एकता हुन्छ,’ बैठकमा सहभागी एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘डा. भीम रावल पनि एकतामा सामेल हुने अन्तिम चरणमा छन् ।’
प्रचण्डले यो एकतालाई समाजवादी क्रान्तिको दिशामा महत्वपूर्ण युगीन पहल भएको समेत बताएका छन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्