काठमाडौं– नेकपा (एमाले)को ११ औं महाधिवेशन मंसिर महिनाको अन्त्यतिर आयोजना गर्ने तयारी भएको छ ।
आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।
उनले महाधिवेशन पोखरामा आयोजना गर्ने सुझाव पनि दिएका छन् ।
अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रस्तावमा महाधिवेशनको मिति र स्थान स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
यसअघि सचिवालय बैठकले पनि मंसिरमै महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस्























