काठमाडौं– राप्रपाका महामन्त्री धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले ४ बुँदे माग अघि सार्दै बुधबार बिहान बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् ।
उनीहरूले महाधिवेशनको मिति तोक्नुपर्ने, विधानविपरीत भएका निष्कासन निर्णय फिर्ता गर्नुपर्ने, निर्वाचन समिति र पर्यवेक्षक टोलीमा सन्तुलन कायम गर्नुपर्ने र दुई पूर्वअध्यक्षसहित समाधान समिति गठन गर्नुपर्ने माग राखेका छन् ।
अध्यक्षलाई पत्र बुझाएर बैठक बहिष्कार गरिएको एक नेताले बताए ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा स्थानीय तह र जिल्ला अधिवेशनको प्रगति समीक्षा, साङ्गठनिक सुदृढीकरण र समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























