images
images
  • देउवा–प्रचण्ड सम्मानजनक बहिर्गमन रोज्दै, नेतृत्व कदापि नत्याग्ने बालहठमा ओली

    काठमाडौं– जेन्जी आन्दोलनपछि पहिलोपटक नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (बुधबार)देखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुँदैछ ।

    बैठक तीन दिनसम्म चल्नेछ ।

    माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक कमिटी बनाएको र कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरणको घोषणा गरेको सन्दर्भमा एमाले बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

    सचिवालयमा बहस भए पनि बहुमतले अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरतामा समर्थन जनाएको छ ।

    यही निष्कर्षपछि केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा आगामी मंसिर अन्तिम सातामा प्रस्ताव गरिएको महाधिवेशन, सुशीला कार्की नेतृत्व सरकारको वैधानिकता र राजनीतिक आधारबारे छलफल हुनेछ ।

    ओलीले बैठकमा प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको निष्कर्षसहित राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

    बैठकमा प्रधानमन्त्रीले दलका शीर्ष नेतासँग संवाद नगरेको, शान्ति र स्थायित्वको आधार तयार नभएकाले निष्पक्ष निर्वाचन सम्भव छ कि छैन भन्ने विषयमा पनि बहस हुनेछ ।

    एमालेले संसद् पुनःस्थापना र आगामी निर्वाचन दुवैलाई समानान्तर राजनीतिक रणनीति रूपमा अघि बढाउने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images