images
images
  • विप्लवको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी गठनको तयारी

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र गठन गर्नुपर्ने सुझाव आएको छ ।

    कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी केन्द्रीय समितिको विशेष बैठकमा अधिकांश सदस्यहरूले यस्तो प्रस्ताव अघि सारेका हुन्, स्थायी समिति सदस्य सन्तोष बुढाले जानकारी दिए ।

    उनका अनुसार, ‘सच्चा क्रान्तिकारी कम्युनिस्टहरूबीच एकता र ध्रुवीकरण आजको आवश्यकता हो । वर्तमान दल, संगठन, नीति र नेतृत्वबाट नयाँ केन्द्र सम्भव छैन, त्यसैले विप्लवकै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउने सुझाव आएको हो ।’

    बुढाले विदेशी शक्तिहरूले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्ने प्रयास गरिरहेको दाबी गर्दै नयाँ केन्द्र निर्माण सबैको साझा मत रहेको बताए ।

    बैठकमा विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका छन्, जसमा जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टीको जिम्मेवारी र आगामी कार्यक्रम समावेश छन् ।

    प्रतिवेदनमाथि छलफल जारी रहेको र बिहीबारसम्म बैठक सम्पन्न हुने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images